पोखरामा असार १५ गते रोपाइँ महोत्सव हुने

सहयात्रा टिभी

काठमाडौँ । असार १४, असार १५ गते धान दिवसका दिन पोखरामा रोपाइँ महोत्सव हुने भएको छ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेम्जास्थित टमाइ फाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुने भएको हो।

आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले १७औं असारे महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्षले जानकारी दिए।

पोखरा सबै मौसमका लागि भन्ने नारासहित विदिशी पर्यटकहरूलाई नेपाल सबै सिजनमा भ्रमण गर्न उपयुक्त भएको सन्देश दिन पनि महोत्सव मनाउन लागिएको अबताए।

नेपालमा वर्षौँदेखि चलिआएको रोपाइँ गर्दै हिलो खेल्ने परम्परागत संस्कृतिको जगेर्नासँगै शहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा उत्साहित गर्न पनि महोत्सव फलदायी हुने भट्टराईले बताए।

प्रकाशित : 28 June, 2022

प्रतिक्रिया दिनुहोस्