बालुवाटारमा आगलागी

काठमाडौँ । असार १५, देशभर पानी परिरहेका बेला काठमाडौंको बालुवाटारमै आगलागी भएको छ ।
बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको प्रहरीले बताएको छ ।
हाल पाँचवटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
के कारणले आगलागी भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको समेत प्रहरीको भनाइ रहेको छ ।