बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी, ३ जनाको अवस्था गम्भीर

रुपन्देही । असार १६, बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी भएका छन् ।
बुटवल–१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाँदा बिरामी परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
साङ्केतिक तस्बिर
उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ भने अन्य बिरामीको पनि लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ ।