एकनाथ शिन्दे बने महाराष्ट्र प्रदेशको मुख्यमन्त्री

काठमाडौँ । असार १७, शिवसेनाका ‘बागी’ नेता एकनाथ शिन्दे भारतको महाराष्ट्र प्रदेशको मुख्यमन्त्री भएका छन्।
उनी भारतीय जनता पार्टीको सहयोगमा मुख्यमन्त्री बनेका हुन्। उनले हिजो बिहीबारनै मुख्यमन्त्रीको सपथ लिएका छन्।
भारतीय राष्ट्रिय कंग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका शिवसेनाका प्रमुख उद्धव ठाकरेले बुधबार राजीनामा दिएपछि शिन्देलाई मुख्यमन्त्री हुने बाटो खुलेको हो।
शिन्दे मुख्यमन्त्री बनेसँगै भाजपा नेता देवेन्द्र फडणवीस उपमुख्यमन्त्री बनेका छन्। यसभन्दा अगाडि फडणवीस दुई पटक मुख्यमन्त्री भइसकेका छन्।
फडणवीस महाराष्ट्रको मुख्यमन्त्री बन्ने बताइएको बेला शिन्दे मुख्यमन्त्री बनेका हुन्।