बढ्न थाले कोरोना संक्रमित

काठमाडौँ । असार १७, नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ।
बुधबार १ हजार ६ सय २० जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नेपालमा अहिलेसम्म ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
असार १ गतेको तथ्याङ्कलाई हेर्ने हो भने लगभग तेब्बरको सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। असार १ गते ३ हजार ९ सय ५ जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमितको सङ्ख्या मात्रै होइन पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको सङ्ख्यामा पनि बढेको छ।