कोरियामा २५ जनाभन्दा बढी नेपाली कामदार पक्राउ

काठमाडौँ । असार १७, कोरिया सरकारले नेपाली कामदारलाई धामाधम पक्राउ गर्न थालेको छ ।
विभिन्न माध्यमबाट गएका नेपाली कामदारहरु ओभरस्टे भएपछि समातिन थालेको गैरआवासीय नेपाली संघका अध्यक्षले बताए ।
उनका अनुसार कोभिडको समयमा भिसा सकिएका नेपाली कामदार लुकेर काम गर्न थाले । ईपिएस तथा अन्य माध्यमबाट गएका कामदार भिसा सकिएपछि अन्यत्र क्षेत्रमा पनि काम गर्न थालेपछि कोरिया सरकारले समात्न थालेको हो ।
संघका अध्यक्षका अनुसार हालसम्म २५ जना भन्दा बढी नेपाली कामदार पक्राउ परेको सुन्नमा आएको छ । आगामी दिनमा यो भन्दा बढी संख्यामा कामदार पक्राउ पर्ने उनले बताए ।