भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध

काठमाडौँ । असार १७, भारतले आज देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।

जसमा ७५ म्याक्रोन भन्दा तलका प्लास्टिकका झोलाहरु, प्लास्टिकको डण्डी भएका इअरवड, हट एअर बलुनको डण्डी, प्लास्टिकका झण्डा, क्याण्डी तथा आइसक्रिम स्टिक रहेका छन् ।
त्यस्तै, थर्माकोल, प्लास्टिकका प्लेट, चम्चा, काँटा, कप, चक्कु, स्ट्रे, मिठाइका बट्टा प्याक गर्ने वा मोड्ने प्लास्टिकजन्य वस्तु, निमन्त्रण कार्ड, चुरोटको प्याकेट, सय म्याक्रोन भन्दा तलका पीभीसी वा ब्यानर, चिनीलगायतका वस्तुकहरुमा मिसाइने स्टिरलगायत रहेका छन् । यो नियमको उल्लंघन गर्नेहरु विरुद्ध कैद सजाय तथा जरिवाना गर्ने पनि भारत सरकारले चेतावनी दिएको छ ।