महिला साफ च्याम्पियनसिपको मितिबारे छलफल

सहयात्रा टिभी

काठमाडौँ । असार १७, अखिल नेपाल फुटबल संघका महासचिव किरण राई नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार ढाकास्थित साफ मुख्यालयमा महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गरेको छ ।

महासचिव राई, पूर्व सदस्य विकासनारायण श्रेष्ठ र न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशीले काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको प्रस्तावित मितिबारे छलफल गरेका थिए ।

महासचिव राईले अगस्ट २९ देखि सेटेम्बर १० सम्म काठमाडौंमा साफ महिला च्याम्पियनसिप गर्ने मिति प्रस्ताव गरेका छन् ।

साफको महासचिव हकले उक्त प्रस्तावप्रति सकारात्मक रहेको बताए । प्रस्तावित मिति अब अनुमोदनका लागि शनिबारको साफ कंग्रेसमा पेस हुनेछ । उनीहरुबीच फुटबल विकास र क्षेत्रीय संघमा हुने फुटबलका विभिन्न पक्षका बारेमा पनि छलफल भएको थियो ।

प्रकाशित : 1 July, 2022

प्रतिक्रिया दिनुहोस्