त्रियुगा नदीको बाँध बाढीले भत्कायो

सहयात्रा टिभी

उदयपुर । असार १८, उदयपुरको त्रियुगा नदीको पक्की पुलमा लगाएको बाँध बाढीले भत्काएको छ ।

चौदण्डीगढी नगरपालिका-५ सिवाई र बेल्हा जोड्ने पुलको बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।

उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य भएका छन् ।

पुल नहुँदा चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हाका वासिन्दा बढी समस्यामा परेका स्थानीयको भनाइ छ ।

प्रकाशित : 2 July, 2022

प्रतिक्रिया दिनुहोस्