मार्बल फोहोर भयो ? यो हो सफा गर्ने सजिलो उपाय

सहयात्रा टिभी

आजकल घरको भुईंमा कार्पेटदेखि टायल र मार्बलसम्म लगाउने चलन छ । घरमा मार्वल लगाउन सके यसले भुईंको आर्कषक बढाउँछ । तर कतिपयलाई मार्बल सफाईको सहि तरिका थाहा नहुँदा यो झन् झन् फोहोर हुदैँ जान्छ । धेरैलाई मार्वललाई पुछ्नु नै मार्वलको सफाइ हो भन्ने लाग्छ । तर त्यो सही होइन । त्यसो भए कसरी मार्बल सफा गर्ने त ?

– मार्बललाई सामान्य तरिकाले हल्का उम्लिएको पानीले भिजेको नरम कपडाले सफा गर्नु पर्दछ ।

– पानीमा बेकिङ सोडा मिसाएर भुईंमा गाढा गम जस्तो पेस्ट लगाएर आधा घण्टासम्म त्यसै छाडिदिने र त्यसपछि भिजाएको कपडाले त्यसलाई हल्का हातले दल्दै सफा गर्दा जुनसुकै दाग सफा हुन्छ ।

– मार्बल सफा गर्नका लागि फलामको तार भएको ब्रसको प्रयोग गर्नु हुँदैन । मार्बल सफाई भेनेगर, कागती जस्ता चिजहरुले गर्नु हुँदैन ।

– मार्वल पुछ्ने पानीलाई परिवर्तन गरिरहनु पर्छ, पुरै घरभरीको मार्बलका लागि एउटै पानी प्रयोग गर्नु हुँदैन । अन्यथा धुलो सफा हुनुको साटो उल्टै मार्वलमा धुलो टासिन्छ ।

– यदि भुईको मार्बलमा तेल, घिउ अथवा दूध पोखिएको छ भने त्यसको दाग तथा चिल्लोपना हटाउनका लागि सुख्खा पिठो छर्किएर त्यसको चिल्लोपना हटाउन सकिन्छ ।

– तेलको दाग मेटाउन चामलको माड लगाएर एक दिन त्यसै छाडिदिने पछि हल्का उमालेको पानी र साबुनको घोलले सफा गर्दा मार्बल सफा हुन्छ ।

प्रकाशित : 2 July, 2022

प्रतिक्रिया दिनुहोस्