पाँचथरमा पहिरोमा बेपत्ता तीनै जनाको शव फेला

सहयात्रा टिभी

पाँचथर । असार १२, पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।

परेको वडा-७ का वडाअध्यक्ष शेरबहादुर केरुङका अनुसार पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको हो ।

गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो ।

घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका छन । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित : 2 July, 2022

प्रतिक्रिया दिनुहोस्