कहिले शुरु हुदैँछ साउने सोमबार ? यसरी शुरु गर्नुहोस् व्रत

शिव भक्त माझ साउन महिनाको विशेष महत्व रहने गरेको छ । हिन्दु धर्ममा साउनलाई पवित्र महिना मानिन्छ । साउनमा शिव भक्तहरु शिवको आराधना गर्दछन् । साउन महिना अझ साउनको सोमबार भगवान शिवको प्रिय मानिन्छ । यस्तोमा साउने सोमबार कहिलेबाट शुरु हुन्छ त ?
साउन महिना भगवान शिवको प्रिय महिना हो । यसै महिनाबाट संसार चलाउने भगवान विष्णु ४ महिनाकालागी निद्रालीन हुने मान्यता छ । तसर्थ भगवान शिव सृष्टि संचालन गर्न आउने मान्यता छ । यस्तोमा साउनको सोमबारे भगवान शिवको आराधना गर्ने परम्परा छ । यस बर्ष तिथि अनुसार साउन, असारको ३० गतेबाटै शुरु हुने मान्यता छ । यस्तै साउने सोमबार साउन २ गतेबाट शुरु भई साउन ३० गते सकिन्छ । तर साउन भने तिथि अनुसार साउनको २७ गते नै सकिने मान्यता छ ।
कसरी गर्ने शिवको आराधना ?
– साउनको सोमबार बिहान सबेरै उठि नुहाईधुवाई गरेर सफा कपडा लगाउनु पर्दछ ।
– त्यसपछि दाँया हातमा जल लिएर साउन भरीको सोमवारको व्रतको संकल्प गर्नु पर्दछ ।
– त्यसपछि भगवान शिवलाई गंगाजलले अभिषेक गर्नु पर्दछ ।
– यस्तै शिवलाई पञ्चामृत दूध, दही, घीउ, अमृत, मह अर्पित गर्नु पर्दछ ।
– शिवलाई सेतो चन्दन, अक्षता, फूल, धतूरो, बेल, बेल पत्र सुपारी आदि अर्पित गर्नु पर्दछ ।
– यस क्रममा ॐ नमः शिवाय, मन्त्रको जप गर्नु पर्दछ ।
– त्यसपछि धूप–दीप देखाएर भगवानलाई फल र मिठाईको भोग लगाउनु पर्दछ ।
– सम्भव भए जनै पनि र वस्त्र पनि अर्पित गर्नु पर्दछ ।
– अन्त्यमा साउनको सोमवारको व्रत कथा पढेर आरती गरी प्रसाद बाड्नु पर्दछ ।
साउनको सोमबारको व्रत पूरै दिन फलाहार खाएर राख्नु उत्तम मानिन्छ । तथापी एक समयको भोजन समेत गर्ने चलन छ ।