आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । असार २०, मनसुनी वायुको प्रभावले आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । अहिले बिहान देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
मंगलबार भने सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाले पहाडी भूभागमा पहिरोका साथै नदी नाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।