माओवादीले टुंगो लगायो केन्द्रीय सदस्यको नाम

सहयात्रा टिभी

काठमाडौँ । असार २०, महाधिवेशन भएको छ महिनापछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ३ सय ७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ ।

आइतबार शुरू भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ सय ७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाउनुभएको हो ।

३ सय ७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाबाहेक अन्य नाम टुंगो लागेको हो । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।

प्रकाशित : 4 July, 2022

प्रतिक्रिया दिनुहोस्