ओन्टारियोमाथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । असार २०, क्यानाडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नेपालले क्यानाडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हरायो ।
उक्त क्लबसँग नेपालले पहिलो खेलमा एक दिवसीय फर्म्याटको र दोस्रो खेलमा टी २० को फर्म्याटमा खेलेको हो । पहिलो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो ।
नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।
भरुण सेहदेबले ५० रनको अर्धशतकीय इनिङ्स खेले । नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए ।