सर्लाहीमा दुई वर्षीया बालिकाको डुबेर मृत्यु

सहयात्रा टिभी

सर्लाही । असार २२, सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छन् ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् ।

उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित : 6 July, 2022

प्रतिक्रिया दिनुहोस्