अर्थमन्त्रीमाथि उठेका विषयमा संसदीय छानबिन समिति बनाउन उपसभापति खड्काको माग

सहयात्रा टिभी

काठमाडौँ । असार २२, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विषयमा उठेका विवादबारे तत्काल छानबिन गर्न माग गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत उपसभापति खड्काले बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताउनु भएको छ ।

‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आम जनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलार्ई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गर्न उपसभापति खड्काको माग छ ।

अर्थमन्त्री जनार्दन शर्मामाथि संसदमा बजेट प्रस्तुत गर्नु अघिल्लो मध्यराति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर नै हेरफेर गरेको आरोप लागेको छ । यस पछि अर्थ मन्त्रालयको सिसिटीभि फुटेज पनि नभएको जवाफ दिए पछि उहाँको चर्को आलोचना भईरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवामाथि अर्थमन्त्री हटाउन दबाब परेको छ । तर, सत्ता गठबन्धनका कारण देउवा मौन रहेपछि उहाँकै पार्टीका नेताहरुले विरोध गर्न थालेका छन् ।

प्रकाशित : 6 July, 2022

प्रतिक्रिया दिनुहोस्