सरकारले प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिने
सहयात्रा टिभी
काठमाण्डौ । असार २३, सरकारले प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।
प्रतिनिधि सभाको कार्यसूची अनुसार गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाको बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सरकारले नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक संसदबाट फास्ट ट्र्याकमा अघि बढाउने जनाएको छ।
राज्य व्यवस्था समितिले नागरिकता सम्बन्धी विधेयकको छलफल टुंगो लगाएर प्रतिवेदन प्रतिनिधि सभामा बुझाएको थियो।
उक्त प्रतिवेदनमा वैवाहिक अंगिकृत नागरिकता लिन चाहने व्यक्तिले नेपालमा निरन्तर सात वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो।