जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार

काठमाडौँ । असार २४, जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ ।
पश्चिमी जापानको नारा सहरमा भाषण गरिरहेका बेला उनीमाथि गोली हानिएको जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टमा जनाइएको छ ।
गोली प्रहारसँगै उनी ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो ।
आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ ।
एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।