आबेको निधनमा आज नेपालमा राष्ट्रिय शोक मनाइँदै

सहयात्रा टिभी

काठमाडौँ । असार २५, मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा आज (शनिबार) नेपालमा राष्ट्रिय शोक मनाइँदैछ ।

सरकारले आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा आज राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको हो । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ ।

नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

जापानको नारा शहरमा एक चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेको अवस्थामा शुक्रबार बिहान पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहार भएपछि गम्भीर घाइते भएका आबेको उपचारका क्रममा निधन भएको हो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो ।

प्रकाशित : 9 July, 2022

प्रतिक्रिया दिनुहोस्