गर्मीमा कसरी गर्ने बच्चाको हेरचाह ?

सहयात्रा टिभी

अहिले मध्य गर्मी मौसम छ । यो बेला बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । गर्मी मौसममा बच्चालाई घमौरा र घाउ–खटिरा आउने, धेरै पसिना आएर चिसो लाग्ने, बढी गर्मीले एलर्जी हुने जस्ता समस्या देखा पर्न सक्छ । त्यसैले गर्मीमा बालबालिकाको हेरचाहमा विशेष ख्याल गर्नु पर्दछ । यस्तो बेला निम्न कुरामा ध्यान दिनु पर्दछ :

– सुतिको कपडा
गर्मीमा अन्य कपडाले ताप ग्रहण गर्ने र पोल्ने भएकोले बच्चालाई सुतीको लुगा लगाइदिनु पर्दछ । यस्ता लुगा शीतल हुन्छ ।

– खुकुलो पहिरन
यो मौसममा बच्चालाई उकुसमुकुस हुने कसिलो पहिरन लगाइदिनु हुँदैन । खुकुलो कपडा लगाइदिनु पर्छ । तर घर बाहिर निस्किँदा भने पूरै शरीर ढाक्ने लुगा लगाइदिनुपर्छ ।

– डाइपर फेर्ने
गर्मीमा पसिनाले शरीरमा ब्याक्टेरिया पैदा गर्ने भएकोले ३ घण्टाको अन्तरालमा डाइपर बदल्नु उपयुक्त मानिन्छ । साथै डाइपर परिवर्तन गर्दा ढाक्ने भाग राम्ररी सफा गरेर सुख्खा बनाएर मात्र नयाँ डाइपर लगाइदिनुपर्छ ।

– झोल पदार्थ ख्वाउने
गर्मीमा धेरै पसिना निस्किने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले दूध चुस्ने उमेरका बच्चालाई दूध र अन्यलाई झोल पदार्थ खुवाइरहनुपर्छ ।

तेल मालिस
गर्मीमा बच्चाको शरीरमा तेल लगाइदिनु राम्रो मानिँदैन । यसले एलर्जी हुन सक्छ ।

नियमित नुहाइदिने
गर्मीको मौसममा बच्चालाई नियमित रुपमा नुहाइदिनुपर्छ ।

कोठाको तापमान स्थिर
बच्चा राख्ने कोठाको तापमान सन्तुलिन राख्नुपर्छ । साथै कोठा गुम्सिएको हुनुहुँदैन ।

घाममा ननिकाल्ने
दिउँसोको घामले बच्चाको कोमल छालामा सोझै असर गर्छ। त्यसैले घाममा निकाल्नु हुँदैन।

प्रकाशित : 9 July, 2022

प्रतिक्रिया दिनुहोस्