महिला युरो कपःबराबरीमा रोकिए पोर्चुगल र स्वीट्जरल्याण्ड

सहयात्रा टिभी

काठमाडौँ । असार २६, महिला युरो कप अन्तर्गत गएरातिको खेलमा पोर्चुगल र स्वीट्जरल्याण्ड​ले २.२ गोलको बराबरी खेलेका छन् ।

दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै पोर्चुगल स्वीट्जरल्याण्ड​बाट अंक खोस्न सफल भयो ।​

लेइग स्पोर्ट्स भिलेजमा खेलको तेस्रो मिनेटमा कोउम्बा सोले स्वीट्जरल्याण्ड​लाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पाँचौं मिनेटमा राहेल किविचले टोलीको अग्रता दोब्बर बनाइन् ।

५८ औँ मिनेटमा डायना गोम्स र ६५ औँ मिनेटमा जेसिका सिल्भाले गोल गरेपछि पोर्चुगल ले खेल २.२ को बराबरीमा ल्यायो ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । यो नजितासँगै समूह सी का पोर्चुगल र स्वीट्जरल्याण्ड​ले समान एक अंक जोडेका छन् । यही समूहको अर्को खेलमा साविक विजेता नेदरल्याण्डले स्विडेनसँग १.१ को बराबरीमा रोकिएको छ ।

 

प्रकाशित : 10 July, 2022

प्रतिक्रिया दिनुहोस्