यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

सहयात्रा टिभी

काठमाडौँ । असार २६, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैया रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ०९ पैसा र बिक्री दर १२८ रुपैयाँ ६९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३१ पैसा र बिक्री दर १५२ रुपैयाँ ०३ पैसा रहेको छ। स्वीस फ्रान्कको मूल्य एकको खरिद दर १२९ रुपैयाँ ५१ पैसा र बिक्री दर १३० रुपैयाँ १२ पैसा तोकेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसियान रिङ्गिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

प्रकाशित : 10 July, 2022

प्रतिक्रिया दिनुहोस्