कस्तो रहला आजको मौसम ?

सहयात्रा टिभी

काठमाडौँ । असार २७, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको र बिहान आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा भएको छ ।

आज राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले भोलि र पर्सी बुधबारसम्मै देशभर सामान्य बदली रही वर्षा हुने जानकारी दिएको छ ।

प्रकाशित : 11 July, 2022

प्रतिक्रिया दिनुहोस्