पसिनाले मेकअप बगायो, यी कुरामा दिनुहोस् ध्यान ?

गर्मीयाममा कुनै विवाह, पार्टी वा विशेष केहि उत्सवमा जाँदा मेकअप पसिनाले बगाएर हैरान बनाउँछ । एकातिर घामबाट छालाको सौन्दर्य जोगाउनु पर्ने तनाव अर्कोतिर पसिनाले मेकअप बगाउँदा महिलाहरु बढि चिन्तित हुने गर्दछन् । यस्तोमा पसिनाबाट मेकअप बग्ने समस्याबाट कसरी राहत पाउने त ?
मेकअप बग्नबाट बचाउन निम्न उपाय गरौँ :
– मेकअप गर्नुअघि प्राइमर प्रयोग गरौ । यसले पसिनाकै कारण मेकअप पखालिदैन ।
– प्राइमर लगाएपछि राम्रो बेस तयार हुन्छ, जसले मेकअपलाई वाटरप्रुफ बनाइदिन्छ ।
– मेकअपका लागि वाटरप्रुफ प्राइमर नै लगाउनु पर्छ । प्राइमर उपलब्ध नभए सीसी क्रीम पनि प्रयोग गर्न सकिन्छ ।
– गर्मीमा आयल कन्ट्रोल फेसवास उपयोगी हुन्छ । यसले अनुहारको अतिरित्त तेल निकाल्छ।
– अनुहारमा आइसक्युव वा बरफ लगाउनाले मेकअप लामो समयसम्म रहन्छ ।
– आइसक्युबलाई अनुहारमा सर्कुलेशन मोशनमा मसाज गर्ने साथै आँखाको आसपास पनि मसाज गर्ने, जसले डार्क सर्कल कम देखिन्छ । यसलाई केहि समय सुक्न दिने र मेकअप गर्ने ।
– कुनैपनि मेकअप गर्नुअघि अनुहारमा मेकअप सेटिङ स्प्रे लगाउन सकिन्छ ।
– स्प्रेलाई अनुहार र गर्धनमा लगाउने, जसले पसिना आउन रोक्छ । त्यसपछि मेकअप गर्ने ।
– गर्मीमा आयल फ्रिसनस्क्रिन लगाउनु पर्छ । यसले मेकअपलाई टिकाउन मद्दत गर्छ ।
– आयल फ्रिसनस्क्रिन प्रयोग गर्दा अनुहारमा धेरै तेल निस्कदैन । साथै हानिकारक किरणबाट छालालाई जोगाउँछ ।
– सधै वाटरप्रुफ मेकअपको प्रयोग गर्ने, जो गर्मीमा धेरै समय टिक्न सक्छ ।
बजारमा अहिले विभिन्न वाटरप्रुफ आइ मेकअप, वाटरप्रुफ लिप बाम, वाटरप्रुफ फाउन्डेसन प्रयोगमा आइसकेको छ ।