जीवनमा सफलताले चिह्न छोडिरहेको हुन्छ त्यसलाई चिन्ने प्रयोस गर्नुपर्छ

सहयात्रा टिभी

आफ्नो योग्यता र विशेष योग्यता थाहा पाउने शुरुवात तपाईंले आफ्नो बितेको समयमा फर्केर गर्नुपर्छ । कस्तो खालको काममा तपाईंले सबैभन्दा धेरै राम्रो परिणाम र पारिश्रमिक पाउनुभएको छ ?

जब तपाईं स्कुलमा पढ्नुहुन्थ्यो तब कुन विषय तपाईंलाई सबैभन्दा धेरै मनपर्थ्यो ? कुन विषयमा तपाईंले सबैभन्दा धेरै अंक पाउनु हुन्थ्यो ? तपाईं सधैँ यस्तो काम गर्नमा श्रेष्ठ हुन सक्नुहुन्छ जसले तपाईंलाई लोभ्याउँछ, जसले तपाईंको ध्यान तान्न सक्छ, जुन तपाईंको रुचि बन्न सक्छ र जतातिर तपाईं स्वाभाविक रुपमा तानिँदै जानुहुन्छ ।

कुनै कुरा तपाईंको लागि ठीक छ या छैन, यो कुराको परीक्षण तपाईं आफ्नो त्यो कुरा सिक्ने चाहनाको तीव्रताबाट गर्न सक्नुहुन्छ ।

तपाईंलाई त्यसको बारेमा पढ्न मजा आउने छ । कुरा गर्न मजा आउने छ र सिक्नमा मजा आउने छ केवल यति मात्र हैन, बरु तपाईं त्यो क्षेत्रको सबैभन्दा सफल मानिसतिर आकर्षित हुनुहुनेछ, जसको लागि तपाईं आफूलाई फिट महसुस गर्नुहुन्छ ।

साभार : ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

प्रकाशित : 12 July, 2022

प्रतिक्रिया दिनुहोस्