पुरुष पार्टनरबाट के चाहान्छन् महिला ?

हरेक महिला आफ्नो जीवनसाथि वा प्रेमीसंग धेरै कुराको अपेक्षा राख्छन् । श्रीमती, प्रेमिका वा महिला साथि जो कोहिले आफ्नो पुरुष साथिबाट उनिहरुको भावनासंग जोडिएको कुरामा अपेक्षा राख्छन् । जसलाई पुरुषले महत्व दिन आवश्यक हुन्छ । तर महिलाले आफ्नो पुरुष साथीसंग के अपेक्षा गर्छन् त ?
– उनको कुरामा चासो
हरेक महिला आफ्नो पुरुष साथीले उसको कुरालाई बढि महत्व दिनुहोस् भन्ने चाहान्छन् । उनले ति कुरा सुनाउन पर्खेर बसेकी हुन्छिन् । उनको अपेक्षा हुन्छ तपाइले पुरा कुरा सुनिदिनु हुन्छ । यसो गर्दा आफ्नो पुरुष पार्टनरले आफ्नो भावनाको कदर गरेको देखिन्छ ।
– भन्न नचाहेको कुरा भन्न नलगाउने
पुरुषहरु आफूले बुझ्न खोजेको बिषयमा महिला पार्टनरले खुलस्त बोलुन् भन्ने चाहान्छन् । तर तपाईसंगको भेटमा उनी बोल्ने मनस्थितीमा छैनन् भने यसलाई अनर्थ मान्नु हुदैँन । यो बेलामा महिला साथिलाई कुरा खोतल्न दबाब दिनुभन्दा उनको मन बहलाउनु उत्तम हुन्छ ।
– महिलालाई मासिकस्राव वा शारीरीक असहजताका कारणले कतिपय अवस्थामा चिढिन्छन् । तर हतपत महिला आफ्ना गोप्य कुरा पोख्न चाहाँदैनन् । यस्तो बेलामा पुरुषसाथिबाट महिलाले सहायताको भाव राख्छन् । तसर्थ चिढ्चिडापनको कारण बुझेर सहयोग गर्नुपर्दछ ।
– हरेक महिला पुरुष साथिले आफ्ना परिवार वा साथीस“ग नम्र र शिष्ट व्यवहारको अपेक्षा गर्छन् । यदि उनले आफ्नो महिला साथिसंग भेट गराउँदैछिन् भने उनको साथिको सामुन्ने प्रेम झल्काउन र उनि प्रती बफदार रहन आवश्यक हुन्छ । यो उनको अपेक्षा पर्दछ ।
– श्रीमतीको हकमा आफ्नो श्रीमान कार्यालयबाट फर्कदा हरेक पटक फ्रेस भएर आएको हेर्न चाहान्छिन् । हसिँलो मुद्रामा घरमा प्रवेश गर्दा उनको दिनभरीको थकान समेत त्यहि मुस्कानले हराउन सक्छ । साथै कहिलेका“ही उनलाई आराम गर्न भन्दै सघाउन सकिन्छ ।
– धेरै पुरुष तिव्र गतिमा सवारी चलाउँछन् । तर अधिकाशं महिला सवारीको गति बिस्तारै होस् र यात्राको अवधि लम्बियोस् भन्ने चाहाना राख्दछन् । त्यसैले महिला साथिसंग हुदा“ सवारीको गति मध्यम राखेर हिड्दा उनको अपेक्षा पुरा गर्न सक्नुहुन्छ ।
– आफ्नो पुरुष पार्टनरले गर्ने मायामा प्रचार होस् भन्ने महिला चाहान्छन् । उनीहरु तपाईको फेसबुक, ट्वीटर, टिकटकमा उनको फोटो वा उनिबारे लेखियोस् भन्ने चाहान्छन् ।