श्रीलंकामा संकटकाल घोषणा

काठमाडौँ । असार २९, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकालको घोषणा गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।
प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका हुन् ।