वार्षिकोत्सव मनाउन त्रिवि शिक्षण अस्पताल बन्द गर्न डिनको निर्देशन

सहयात्रा टिभी

काठमाडौँ । ३१ असार, चिकित्सा शास्त्र अध्ययन संस्थानको ४० औँ वार्षिकोत्सव मनाउन डीन कार्यालयले त्रिवि शिक्षण अस्पतालसहित मातहतका तीन अस्पतालको आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएको छ ।

संस्थानको वार्षिकोत्सव मनाउन आगामी साउन १ गतेका दिन त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको आकस्मिक बाहेक सबै सेवा बन्द गर्न निर्देशन दिइएको हो ।

डीन प्रा. डा. दिव्या सिंह शाहले निर्देशन जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डरीको समेत उपस्थिति हुने १ साउनको वार्षिकोत्सवमा विभागीय प्रमुखलगायत सबै फ्याकल्टीलाई उपस्थित हुन निर्देशन दिएकी छन् ।

प्रकाशित : 15 July, 2022

प्रतिक्रिया दिनुहोस्