लिग टू: नेपालले आज नामिबियासँग खेल्ने

सहयात्रा टिभी

काठमाडौँ । ३२ असार, आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्याण्डमा रहेको नेपालले आज तेस्रो खेलमा नामिबियासँग खेल्दैछ ।

फाइल तस्वीर

नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समयअनुसार ३:१५ बजे सुरु हुनेछ ।

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ ।

सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ ।

नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

प्रकाशित : 16 July, 2022

प्रतिक्रिया दिनुहोस्