नामिबियासँग नेपाल ६३ रनले पराजित

काठमाडौँ । १ साउन, आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।
स्कटल्याण्डमा शनिबार राति सकिएको खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । पहिलो खेलमा नेपाल नामिबियासङ्गै पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो ।
५० ओभरमा २०० रनको मध्यम लक्ष्य पाएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमै अलआउट भयो ।
दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए भमे आसिफ शेखले ३४ र मोहम्मद आदील आलमले २०, रोहित पौडेलले १७ रन बनाए । पवन सर्राफ १० रनमा अविजित रहे । नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको नामिबिया ४९ ओभर २ बलमा १ सय ९९ रनमा अनआउट भएको थियो ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिएका थिए ।
यससँगै नेपाल जारी सिरिजमा नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालले सिरिजकाे अन्तिम खेलमा आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।