गभर्नर अधिकारीको राजीनामाको माग गर्दे नेविसङ्घ र अखिल क्रान्तिकारीद्धारा विरोध प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । साउन १, पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीको नाम विवादमा आएपछि उनको राजीनामा माग गर्दे नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ र अखिल क्रान्तिकारीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उक्त प्रदर्शनका क्रममा आफूहरुमाथि बल प्रयोग गरेको भन्दै उनीहरुले नाराबाजी गरेका छन् । प्रहरीले भने निषेधित क्षेत्रमा प्रवेश गरेर नारावाजी गरेकाले बल प्रयोग गर्नु परेको जनाएको छ । अहिले नेपाल राष्ट्र बैंक रहेको स्थान बालुवाटार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै विहानैदेखि प्रर्दशन गरेका छन् ।

नेकपा एमालेले आर्थिक विभागको सदस्यमा एम अधिकारीलाई राखेको र उक्त व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै अहिले आलोचना भइरहेको छ ।

प्रकाशित : 17 July, 2022

प्रतिक्रिया दिनुहोस्