केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘कबड्डी ४’ को ५१ दिन : अस्ट्रेलियामा मात्रै कमायो ४ करोड

सहयात्रा टिभी

काठमाडौँ । साउन १, नेपाली फिल्म कबड्डी ४ शनिबार प्रदर्शनको ५१ औं दिन पूरा भएको छ । धेरै समय पछि नेपाली फिल्मले यो उपलब्धि प्राप्त गरेको हो ।

सोे अवधिमा फिल्मले घरेलु बक्स अफिसमा २२ करोड ८३ लाख ३८ हजार ८६४ रुपैयाँ कमाएको छ । शनिबार नै उक्त फिल्मले अस्ट्रेलियामा पनि ५१ दिन मनाएको छ ।

अस्ट्रेलियाबाट मात्रै कबड्डी ४ ले ४ करोड भन्दा बढी कमाएको छ । यो कलेक्सन नेपाली फिल्मले हालसम्म विदेशमा कमाएको सबैभन्दा धेरै रकम हो । कुल खर्च कटाएर निर्माताले १ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । ‘कबड्डी ४’ ‘जात्रैजात्रा’ पछि अस्ट्रेलियामा धेरै कमाउने नेपाली फिल्म समेत बनेको छ ।

त्यस्तै, अमेरिकामा पनि कबड्डी ४ ले ३ करोडभन्दा बढी कमाइ गरेको वितरकले जनाएको छ । भारत, युरोप, मध्यपूर्व र हङकङमा समेत फिल्मको कमाइ आक्रामक रहेको जनाइएको छ ।

 

प्रकाशित : 17 July, 2022

प्रतिक्रिया दिनुहोस्