भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता, आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने

सहयात्रा टिभी

काठमाडौँ । साउन १, भारत भ्रमणमा रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाविच भेटवार्ता भएको छ । आज मध्याह्न भाजपा कार्यालय पुगेर प्रचण्डले नड्डासँग भेटवार्ता गरेका हुन् । भेटमा भारतीय विदेश  मन्त्री एस जयशंकरको पनि सहभागीता रहेको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा गत शुक्रबार नयाँदिल्ली पुगेका हुन् । शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डको शनिबार भारतीय विदेश मन्त्री जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता भएको थियो।

आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम रहेको बताईएको छ । प्रचण्ड आजै स्वदेश फर्किने छन् ।

प्रकाशित : 17 July, 2022

प्रतिक्रिया दिनुहोस्