बार्सिलोनाका प्रशिक्षक जाभीलाई अमेरिकाले दिएन भिजा

काठमाडौँ । साउन १, बार्सिलोनाका प्रशिक्षक जाभी हर्नाडेजलाई भिजा दिन अमेरिकाले अस्वीकार गरिदिएको छ । हर्नाडेजले भिजा नपाएपछि उनी आफ्नो टिमसँग अमेरिका जान नपाउने भएका छन् ।
कतारका अल सादमा खेलाडी रहँदा तीन पटक भन्दा बढी इरानको भ्रमण गरेका करण उनललाई भिजा नदिइएको जनाईएको छ । अमेरिकाले इरानमा आवातजावात गर्ने व्यक्तिलाई भिजा दिन कडाइ गरेको छ ।
प्रिसिजन टुरका लागि अमेरिका प्रस्थान गरेको बार्सिलोनाले त्यहाँ चारवटा मैत्रीपूर्ण खेल खेल्नेछ । क्लबका खेलाडी तथा अन्य पदाधिकारी भने शनिबार नै अमेरिका गईसकेका छन् ।