भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य

सहयात्रा टिभी

काठमाडौँ । साउन १, भारतबाट पेट्रोलियम पदार्थको मुल्य घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य घटेकाले भारतिय आयल कर्पोरेसन (आईओसी) बाट पनि नेपालमा पेट्रोलियम पदार्थको मुल्य घटेर आएको छ ।

पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतबाट मुल्य घटेर आए पनि अझै निगम घाटामा रहेकाले तत्कालै मुल्य घट्ने सम्भावना नरहेको निगमले जनाएको छ ।

आयल निगमले अझै आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी भएको जनाएको छ । यो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट झन्डै १० अर्ब ऋण लिन लागेको जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ ।

 

प्रकाशित : 17 July, 2022

प्रतिक्रिया दिनुहोस्