आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाइँदै

सहयात्रा टिभी

काठमाडौँ । साउन २, आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड) १९ विरुद्धको दोस्रो चरणको खोप लगाइँदै छ ।

पहिलो चरणमा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो चरणको खोप लगाउन लागिएको हो ।

बालबालिकालाई दोस्रो चरणको खोप नजिकको विद्यालय तथा खोप केन्द्रबाट दिइनेछ ।

दोस्रो चरणको खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत,कैलाली, कञ्चनपुर डडेलधुरा जिल्लाका बालबालिकाले लगाउन पाउने व्यवस्था मिलार्ईएको छ ।

प्रकाशित : 18 July, 2022

प्रतिक्रिया दिनुहोस्