विराटनगरमा ३ अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

विराटनगर । साउन २, सरकारबाट भुक्तानी नपाएको भन्दै प्रदेश १ का तीन वटा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् ।
साउन १ गते वाट विराटनगरको नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडको बि एण्ड सी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सवै सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको सूचना आइतबार नै जारी गरेका छन् । तीन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १ अर्ब ४५ करोड रकम भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।
सरकारले प्रतिपरिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ ।