भारतको मध्य प्रदेशमा बस नदीमा खस्दा १३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । २ साउन, भारतको मध्य प्रदेशस्थित धार जिल्लामा यात्रुबहाक बस नर्मदा नदीमा खस्दा १३ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान सवा १० बजे भएको उक्त दुर्घटनामा अन्य १५ जनाको उद्धार गरिएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धार गरिएकामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । बसमा ५५ यात्रु सवार रहेका जानकारी दिइएको छ ।

इन्दौरबाट पुणेतर्फ गइरहेको बस दुर्घटनामा परेको जनाइएको छ । खलघाट संजय सेतु पुलमा पुगेको बसले नियन्त्रण गुमाउँदा नदीमा खसेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनाप्रति दुःख व्यक्त गरेको छन् ।

प्रकाशित : 18 July, 2022

प्रतिक्रिया दिनुहोस्