खाना पकाउनै नजान्नेका लागि विशेष टिप्स

सहयात्रा टिभी

काठमाडौँ । साउन ३, विभिन्न परीकारका पारखीहरु आफैले भने ति परिकार खाना बनाउन जान्दैनन् । खाना बनाउन मेहनतले मात्र पुग्दैन । यसकालागि विशेष कला र त्यसबारे ज्ञान आवश्यक हुन्छ । यस्तोमा भान्साको साधारण ज्ञान समेत छैन भने केही यस्ता टिप्सहरु छन् जसले भान्सामा खाना पकाउन सहज बनाउन सक्छ ।

– प्रेसर कुकरको प्रयोग गर्दा त्यसको बिर्कोलाई राम्ररी लगाएर मात्र क्लिप लगाउनु पर्दछ । अन्यथा बिर्कोको चेपबाट बाफ आउन, रबर निस्कने वा बिर्को नै उछिट्टीने हुन सक्छ ।

– खाना पकाउदा आगो सधै मध्यममा राख्नु पर्दछ । यसले खानालाई राम्ररी पाक्न मद्दत गर्छ । साथै खाना सबैतिर मज्जाले पाक्छ ।

– यदि कुनै तरकारीको झोल खाने हो भने पहिला त्यसलाई भुट्नु पर्दछ । अनि उमालेको पानी हालेर पकाउँदा झोल तरकारी मीठो बन्छ ।

– प्याज भुट्दा थोरै अलिकति नून हाल्नु पर्दछ त्यसो गर्दा प्याज लपक्क भएर चँडै पाक्छ ।

– काक्रालाई काट्नु अघि बिचबाट पिटक्क भाचेर केहिबेर राख्ने अनि मात्र काट्दा काक्राको तितोपना घटेर जान्छ ।

– फलामको कराईमा खाना पकाउदा शरीरमा अभाव हुने आइरनको मात्रा पुरा हुनसक्छ ।

– पुरीलाई पसलमा झै स्वादिलो बनाउन चाहानुहुन्छ भने पिठोलाई दूधले मुस्नु पर्दछ । साथै पिठोसंगै थोरै चिनि र नुन राखेर मुस्दा पुरी स्वादिलो हुन्छ ।

– यदि पकौडा बनाउने मुडमा हुनुहुन्छ भने बेसनमा केहि कागतीको रस हाल्नु पर्दछ । यसो गर्दा पकौडाले धेर तेल सोस्दैन र कुरुमकुरुम समेत बन्छ ।

– झोल तरकारीमा नुन ज्यादा भयो भने पिठो मुसेर डल्ला पारेर ६/७ डल्ला राख्दा नुनको मात्रा कम भएर जान्छ ।

– भात पकाउँदा कुकुरमा जति गिलास चामल हाल्नु भएको छ त्यति नै मात्रामा पानि राख्नु पर्दछ ।

प्रकाशित : 19 July, 2022

प्रतिक्रिया दिनुहोस्