कोरोना संक्रमण दिनानु दिन बृद्धि

काठमाडौं । साउन ३, पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा जम्मा ३५७ जना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।