प्रेम जोडीको भगवान स्वयंले रक्षा गर्ने मन्दिर

सहयात्रा टिभी

प्रेमी प्रेमिकाले घरबाट भागेर मन्दिरमा गएर भागी बिहे गरेका घटना त सामान्यनै होला । तर भारतमा भने एउटा यस्तो मन्दिर छ जहाँ घरबाट भागेर आएका प्रेमी प्रेमिकालाई अपनाउने मात्र होइन शरण नै दिएरराख्ने गरेको छ ।

प्रेम विवाह जुनसुकै रुपमा भए पनि त्यसलाई अपनाउनु पर्दछ भन्ने त्यहाँको मान्यता छ ।भारतको हिमाचल प्रदेशको कूल्लुमा पर्ने शाँगढ गाउँमा उक्त मन्दिर अवस्थित छ । मन्दिरको नाम शंगचूल महादेव मन्दिर हो ।यो मन्दिर करिब १२८ बिघा क्षेत्रमा फैलिएको र अतिनै रमणिय पनि छ । यो मन्दिरमा भने होहल्ला र चर्को आवाजले बोल्न पाइँदैन । त्यसैले यहा शान्त र आनन्द महशुुस हुनेगर्दछ ।घरबाट भागेर आउने प्रेम जोडिलाई घरमा अस्विकार गरे पनि यहा स्वागत गर्ने र त्यस क्रममा जातजाति तथा समुदायगत रुपमा विभेद नगरी बसोबास दिने मात्र नभई खानपिनको पनि बन्दोबस्त हुने हुन्छ । प्रेम जोडीको भगवान स्वयंले रक्षा गर्ने मान्यता त्यहाँको छ ।

 

 

प्रकाशित : 19 July, 2022

प्रतिक्रिया दिनुहोस्