माध्यमिक तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन् ।

शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्।

बागमतीमा १ सय ८ जनाको परीक्षा रद्ध गरिएको छ।

यस्तै, प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४३ जनाको परीक्षा रद्ध गरिएको छ ।

मधेश प्रदेशमा १७ सय २० जना उत्तीर्ण भएका छन् । ९६ जनाको परीक्षा रद्ध गरिएको छ।

गण्डकी प्रदेशबाट २६ सय ४५, लुम्बिनीबाट ३९ सय ७३, कर्णाली प्रदेशबाट १६ सय ४६ र सुदूरपश्चिमबाट दुई हजार ६१ जना उत्तीर्ण भएका छन् ।

माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा गत असार १८ गते लिइएको थियो ।

प्रकाशित : 20 July, 2022

प्रतिक्रिया दिनुहोस्