गंगालालमा रोकियो मुटुको शल्यक्रिया

काठमाडौँ । साउन ४, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ ।
शल्यक्रिया गर्ने बेलामा शरीरमा अक्सिजन आपुर्ति गर्ने उपकरण (अक्सिजेनेटर)को अभाव भएकाले सेवा रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।
रुस युक्रेन युद्धका कारण अक्सिजेनेरेटरको आपुर्ति हुन नसकेकाले सेवा रोकिएको पनि अस्पतालले जनाएको छ ।
अक्सिजेनेरेटर नहुँदा मंगलबार शल्यक्रिया गर्नुपर्ने १८ जना बिरामीलाई घर पठाइएको छ ।
अक्सिजेनेटरको आपुर्ति कहिले सहज हुन्छ भन्नेबारे अहिल्यै भन्न नसकिने र अक्सिजेनेरेटर नआएसम्म शल्यक्रिया हुन नसक्ने अस्पतालले जनाएको छ ।
बालबालिकाका लागि भने अक्सिजेनेरेटरको अभाव नभएको अस्पतालले जनाएको छ ।