श्रीलङ्काका नयाँ राष्ट्रपतिमा विक्रमासिङ्घे

काठमाडौँ । साउन ४, श्रीलङ्काको नया राष्ट्रपति चयनमा रनिल विक्रमासिङ्घे चुनिनुभएको छ । आजै भएको चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशको नयाँ राष्ट्रपतिमा चुनिनुभएको छ।
उहाँका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत मात्र प्राप्त गर्नुभएको थियो । जम्मा दुई सय २३ सांसदले मात्र मतदान गरेका थिए । राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्ने भन्नुभएको छ । भोलि बिहीवार सबै पार्टीसँग बसेर छलफल गर्ने पनि उहाँले बताउनुभयो ।
तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलङ्काबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा गएको हप्ता प्रदर्शनकारीले राष्ट्रपति गोटाबायाको निवास कब्जा गरी प्रधानमन्त्री कार्यालय पनि कब्जामा लिएका थिए । प्रधानमन्त्री रनिलको निवासमा पनि आग्जनी गरेका थिए । प्रदर्शनकारीले कब्जामा लिएका ठाउँ अहिले छोडिसकेका छन् । रनिल विक्रमासिङ्घे पनि श्रीलङ्कामा अलोकप्रिय हुनुहुन्छ ।