भारत निर्यातमा नेपाली छड तथा सिमेन्टको शुरुवात

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेट अनुसार निर्यातित वस्तुमा छुटको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र फलामे छड निर्यात गर्न थालेका छन् ।

बजेटमार्फत नै सरकारले निर्यातमा सहजीकरण गरेपछि सिमेन्ट, छड उद्योगीले निर्यात गर्ने योजना तयार पारेका हुन् । यसबाट व्यापार घाटा कम हुन सक्ने विश्वास लिइएको छ । बजेटमा छुटको घोषणा भएसँगै श्री स्टिलले आज बुधवारदेखि नेपाली छड निर्यात गर्न लागेको हो ।

त्यसै गरी रुपन्देहीको सेमरहवामा सञ्चालित श्री स्टिलले पहिलो चरणमा आज दुई ट्रक छड भारत निर्यात गर्ने तयारीमा छ ।तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले उच्च निर्यात सम्भावना भएको क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित क्षेत्र पहिचान गरी निर्यात प्रवर्द्धन गर्ने व्यवस्था बजेटमा गर्नुभएको छ । त्यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने गरी बजेट सार्वजनिक गर्नुभएको थियो । पहिलो चरणमा परीक्षणस्वरूप ५० टन छड निर्यात गर्न लागिएको छ । यसअघि तानसेन सिमेन्ट उद्योगले पनि नेपाली सिमेन्ट भारत निकासी सुरु गरिसकेको छ ।

नेपालको व्यापार घाटा कम गर्ने उद्देश्यका साथ भारतीय बजारमा नेपालि फलामे छड पठाउन लागेको उद्योगीले जानकारी दिएका छन् । श्री स्टिलले भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमति पाएसँगै परीक्षणका लागि छड निर्यात सुरु गरिएको जनाएको छ । यसअघि तानसेन सिमेन्ट उद्योगले नेपाली सिमेन्ट भारत निकासी सुरु गरिसकेको छ । सोसँगै अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्टले पनि नेपाली सिमेन्ट भारत निर्यातका लागि तयारी थालेका छन् । यी उद्योगहरूले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पर्खाइमा रहेको जनाएका छन् ।

प्रकाशित : 20 July, 2022

प्रतिक्रिया दिनुहोस्