बाबुराम नयाँ पार्टीको जमर्कोमा जसपाका तेस्रो धार अलमलमा

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, जनता समाजवादी पार्टीबाट कारवाहीमा परेका डा.बाबुराम भट्टराई नयाँ पार्टी गठन गर्ने तयारीमा लागेका छन् यसै बेला सो पार्टीको तेस्रो धार भने अलमलमा छ ।

 

जसपामा आन्तरिक विवादकै कारण अध्यक्ष उपेन्द्र यादव र तत्कालीन संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अलगअलग बैठको आयोजना गरे सँगै तेस्रो धार तटस्थ रहेको थियो ।जसपा अध्यक्ष यादव पक्षको बैठक मधेस प्रदेशको वीरगञ्जमा बस्यो भने संघीय परिषद् अध्यक्ष डा. भट्टराई पक्षको बैठक काठमाडौंको जडीबुटीमा बसेको थियो । दुवै पक्षले आफ्नो पक्षमा बहुमत पुर्‍याउन नेता तथा कार्यकर्ता तानातान गरेका थिए । अन्ततः बहुमत अध्यक्ष उपेन्द्र यादवको पक्षमा पुग्यो ।अध्यक्षको पक्षमा भने बाबुराम भट्टराई, हिसिला यमी, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह र रमेश यादव गरी सात जनामात्र थिए । तेस्रो धारको नेतृत्व गर्दै आएका रामनरेश राय यादवले भने कुनै निष्कशका पुग्न सकेनन् । छलफल जारी रहेको र चाँडै कुनै निष्कर्षमा पुग्ने अनुमान छ ।

 

 

प्रकाशित : 20 July, 2022

प्रतिक्रिया दिनुहोस्