श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना

काठमाडौँ । साउन ६, श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन् ।
७३ वर्षका वरिष्ठ सांसद गुणवर्दना नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको श्रीलङ्काको अनलाइन न्युज वायरले जनाएको छ । गुणवर्दना श्रीलङ्काको १५औँ प्रधानमन्त्री समेत बनेका छन् । गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेका थिए ।
गएको अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेले गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए ।