काठमाडौँसहित देशभर वर्षा, सोमबारसम्म पानी पर्ने

काठमाडौँ । साउन ७, काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार भोलि पनि देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पानी पर्ने क्रम आगामी सोमबारसम्म जारी रहने महाशाखाले जनाएको छ । सोमबार राति भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।