नारायणगढ मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । साउन ७, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ : १० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।